काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्।
निमोनियाका कारण गएराति देखि वीर अस्पताल भर्ना भएकी झाक्रीको कोरोना संक्रमण भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।
निमोनिया भएकाले उनलाई अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
उनका श्रीमानलाई काेराेना संक्रमण देखिएको छ ।