LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

शहिदनगरमा पूर्वमन्त्री अरगरिया,मेयर बरबरियाद्वारा संकुक्त रुपमा कुस्तीको उद्घाटन

 

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा शिव लिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि कुस्ती सुरु भएको छ ।

धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे । पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताए । उनले राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्ता व्यक्त गरे ।

गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए । उनका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला लागेको छ । मेला समितिले आयोजना गरेको कुस्ती हेर्न बुधबार सर्वसाधारण उर्लिएको देखियो ।

कुस्ती हेर्न टाढा– टाढाका खेलप्रेमीहरु आएको थियो । कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर