LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

तरुण दलको ६८ ओं स्थापना दिवस मनाए

जनकपुरधाम, कार्तिक ११ गते

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देश भरी नै ६८ ओं स्थापना दिवस मनाइरहेका छन् । नेपाल तरुण दल धनुषाले ६८ औं स्थापना दिवसको अवसरमा आज कपडा वितरण गरेको गरेको छ । तरुण दल धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित जमिरिया देवी कुष्ठ रोगी आश्रममा लत्ता कपडा वितरण गरेको हो ।

दिपावली तथा छठ पर्वको शुभकामना दिदै पर्वको मध्य नजर राख्दै आश्रममा रहेका सबैंलाई नयाँ कपडा दिएका हुन । तरुण दलका संजय कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा तरुण दल धनुषाका महिला सभापति तुल्सा आचार्य, नेविसंघका सभापति सुजित यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर