LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

तरुण दलको ६८ ओं स्थापना दिवस मनाए

जनकपुरधाम, कार्तिक ११ गते

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देश भरी नै ६८ ओं स्थापना दिवस मनाइरहेका छन् । नेपाल तरुण दल धनुषाले ६८ औं स्थापना दिवसको अवसरमा आज कपडा वितरण गरेको गरेको छ । तरुण दल धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित जमिरिया देवी कुष्ठ रोगी आश्रममा लत्ता कपडा वितरण गरेको हो ।

दिपावली तथा छठ पर्वको शुभकामना दिदै पर्वको मध्य नजर राख्दै आश्रममा रहेका सबैंलाई नयाँ कपडा दिएका हुन । तरुण दलका संजय कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा तरुण दल धनुषाका महिला सभापति तुल्सा आचार्य, नेविसंघका सभापति सुजित यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर