LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

धेरै मोबाइलको प्रयोगले तपाईको ऑखा यस्तोसम्म हुनसक्छ

१९ वर्षीया युव’तीको अत्याधिक मोबाइल प्रयोग गर्दा भयो यस्तो- “रेटिनल आर्टरी अब्सट्रक्सन” डाक्टरहरुले बताएका छन्… लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक १९ वर्षीया युवती अन्धो बनेकी छिन् ।

चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् ।वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो दाहिने आँखाबाट देख्न छाडेको थाहा पाएकी थिइन् ।

शुरुमा आँखा थाकेर यस्तो भएको भन्ने ठानेर उनी सुत्न गएकी थिइन् । तर, भोलि बिहान उठ्दासमेत उनको दाहिने आँखाको स्थिति सुधार भएन ।त्यसपछि उनलाई आमाबाबुले तत्कालै अस्पताल लगेका थिए ।

त्यहाँ डाकटरहरुले उनलाई निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए । यस्तो विशेष गरेर धेरै उमेर भएका बिरामीहरुमा देखिने गरिए पनि स्मार्टफोनको सानो स्क्रिनमा गहिरिए लगातार हेरिरहँदा वुको आँखा निकै थोकेको डाक्टरहरुले बताएका छन् ।वुले समेत आफ्नो गल्ती स्वीकार गर्दै यसरी लामो समय मोबाइलमा आफूले बिताउन नहुने बताएकी छिन् ।

सामान्यतय उनी आफ्नो कामबाट फर्केर दिनको ७ देखि आठ घण्टा गेम खेल्ने गर्थिन् ।उनी कार्यालयमा फाइनान्समा काम गर्ने भएकीले दिनभर पनि कम्प्युटरको स्क्रिनमा हेर्न बाध्य हुन्थिन् । यसले उनको आँखामा थप दबाब पथ्र्यो ।अझ छुट्टी हुँदा त उनी दिनभर गेममा नै व्यस्त हुन्थिन् ।

मात्र केही घण्टाका लागि मात्र सुत्थिन् ।‘छुट्टी भएको दिन म बिहान ६ बजे उठ्थे । त्यसपछि खाजा खाएर गेम खेल्न शुरु गरेको, म साँझ ४ बजेसम्म लगातार खेल खेल्दै बस्थेँ । त्यसपछि केही खाएर केही बेर सुतेपछि बिहान १ देखि २ बजेसम्म गेम नै खेलेर बस्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त खेल रोकेर खान पनि अल्छि लाग्थ्यो ।’

चिनियाँ मिडियाका अनुसार छुट्टीमा साथीहरुसँग बाहिर घुम्न जान छाडेर उनी घरमा गेम खेल्न बस्थिन् । उनको आँखाले त्यस्तो दबाब सहन नसकेर एउटा आँखा अन्धो नै हुन पुग्यो ।वु अझै पनि अस्पतालमा नै छिन् ।

डाक्टरहरु उनको उपचारमा कुनै उल्लेख्य सुधार हुन नसकेको बताइएको छ ।वुको कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेपछि डाक्टरहरुले लगातार ३० मिनेटदेखि १ घण्टासम्म मात्र कम्प्युटर वा स्मार्टफोनमा हेर्न सुझाव दिएका छन् । त्यसबीचमा केही मिनेटलाई अन्य ठाउँमा हेरेर आँखालाई आराम दिने वा ब्रेक लिनुपर्ने भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर