LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

यी हुन् काठमाडौंमा पक्राउ परेका अफगान दम्पती जब जब सत्य थाहा भयो सबैको होस् उड्यो

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार काठमाडौंबाट नियन्त्रणमा लिएका ११ जना अफगान नागरिकलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाइएको छ । पक्राउ पर्नेमा ३ महिला र ८ जना पुरुष छन्।

जमसध्ये पाँचजना एकै परिवारका हुन् भने बाँकी छ जना फरक फरक परिवारका तथा एकले अर्कोलाई पनि नचिन्ने अवस्थाका रहेको पाइएको छ।पाँचजनाको परिवारमा रहेकाहरु श्रीमान्, श्रीमती र छोराछोरीसहित भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका दम्पतीमध्ये श्रीमान् यूनएनको जागिरे र श्रीमती सरकारी कर्मचारी रहेको खुलेको छ। डीआईजी सिंहले भने, “पाँचजना परिवारै आएका रहेछन्। अफगानिस्तानमा उनीहरु हुनेखाने परिवारकै पनि रहेको देखियो । त्यहाँ असुरक्षाका कारण नेपाल आएको पाइयो । उनीहरुबाट सुरक्षा जोखिम नदेखिएपछि हामीले थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाएका हौं । अबको प्रक्रिया विभागबाटै हुन्छ।”

विभागले उनीहरुलाई डिपोट गर्ने वा कारवाही गर्ने अनुसन्धानपछि टुङ्गो लाग्नेछ। पक्राउ परेका ६ जनाले भारतीय नक्कली आधार कार्डसमेत बनाएको फेला परेको छ । सीआईबी प्रमुख सिंहले आफूहरु अवैध रुपमा नेपाल प्रवेश गर्नेहरुप्रति सचेत रहेको र ब्यूरो थप सूचना संकलनमा पनि जुटेको बताए।

उनीहरुले प्रहरीसँगको कुराकानीमा भारतको नयाँ दिल्लीमा रहेको यूनएन कार्यालयमा शरणार्थीको परिचयपत्र बनाउन लामो समय लाग्ने भएकाले आफूहरु नेपाल आएको बताएका छन्। पछिल्लो समय नेपालमा विभिन्न देशबाट मुस्लिम समुदायका व्यक्तिहरु नेपाल आउने क्रम बढ्दो छ । काठमाडौंमा सयौंको संख्यामा रोहिङ्ग्या शरणार्थी बसिरहेका छन्।

पूर्वसुरक्षा अधिकारीहरु शरणार्थीको रुपमा तेस्रो मुलुकका नागरिक प्रवेशलाई समयमै नियन्त्रण गर्न नसके ठूलो सुरक्षा जोखिम हुनसक्ने बताउँदै आएका छन् । विभिन्न देशका नागरिक नेपालबाट अमेरिका जान पाइने भन्दै काठमाडौं आइपुग्ने गरेको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर