मोरङ जिल्लाको बेलबारी नगरपालिका ४ लालभित्तीको निर्मला राई श्रीमान फरार भएको भन्दै खोजिकालाई सहयोग माग्दै मिडियामा आएकी छिन । दुई छोराहरु सहित आफ्नो बिचल्नी भएर श्रीमान फ’रा’र भएकोले आफुहरुलाई खान लाउन पनि समस्या भएको भन्दै उनी अहिले मिडियामा आरएकि छिन ।
गएको केही महिनादेखी श्रीमान सम्पर्क बिहिन भएको उनले बताएकी छिन । पहिले देखि नै घर त न आउने भएता पनि सम्पर्क भने गर्ने गरेको तर अहिले भने सम्पर्क पनि नगरेकोले खोजी गर्न आफू मिडियामा आउनु परेको उनको भनाई छ ।
वैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेका उनका श्रीमान गत लकडाउनमा नेपाल आएका थिए । तर कुबेतबाट काठमाडौ आए पछि पनि घरमा आफुहरुलाई सम्पर्क नगरेको निर्मलाले बताईन ।
आफुले अरु तिरै बाट थाहा पाए पछि खोजी गर्दा कुबेतबाट काठमाडौमा आएर बसेको पता लगाए पछि मात्र उनी घर आएको निर्मला बताउँछिन ।
एक वर्ष अघिको भदौमा नै काठमाडौ आए पनि घर भने फागुनमा मात्र आएको उनले बताएकी छिन । काठमाडौमा श्रीमान कै बहिनिकोमा बसेको आफुले पछि मात्र थाहा पाएको उनको भनाई छ ।