LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

रुपन्देहीमा २४ वर्षीया महिलाले जन्माइन् एकै पटक ४ शिशुहरू

नेपालगन्ज: रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिनुभएको हो । ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीकी उहाँले ९ गते अपरान्ह ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताउनुभयो ।

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो ।

पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ ।

हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।स्वास्थ्य पेज

प्रतिक्रिया
सम्बन्धित खवर