LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पूर्व राज्य मन्त्री मण्डलले फ्रिज र वासिङ्ग मेसिन अझसम्म फिर्ता गरेनन्

जनकपुरधाम । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्।

 

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव अर्थात नालायक रहेको भन्दै कारवाही गरी सरकारबाट हटाएको थियो।

 

मण्डललाई राज्य मन्त्रीबाट पदत्युत गरिएपनि उनले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन मन्त्रालयको स्टोर शाखामा नबुझाएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयको स्टोर शाखाका अनुसार पूर्वराज्य मन्त्री मण्डललाई मन्त्री क्वाटरमा प्रयोगका लागि खरिद गरिदिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गर्न बारम्बार ताकेता गरेपनि हालसम्म उनले फिर्ता गरेको छैन।

 

जनताको करबाट खरिद गरिएको सामान फिर्ता नगरी अन्यत्रबाट पैसा मिलानी गरिदिन मन्त्रालयका विभिन्न कर्मचारीलाई मण्डलले दबाब दिएको मन्त्रालय स्रोतको दाबी छ।

 

मन्त्रालयका एक कर्मचारीका अनुसार मण्डलले कर्मचारीहरुलाई धम्की दिदै भनेका छन्,‘त्यो सामानहरुको रकम अन्यत्रबाट मिलाउ। मलाई उपेन्द्र यादवले पुनः मन्त्री बनाउँदैछ। मैले हेर्दैछु तिमीहरुले अटेर गर्दैछौ।

म फेरी मन्त्री हुँदैछु तिमीहरु विचार गर है।’

 

सिरहाको लहानमा वन कार्यालयबाट प्राप्त पेट्रोल आफ्नो गाडीमा नहाली पेट्रोलको कुपन बेचेको भन्दै पूर्वराज्यमन्त्री मण्डल विवादमा परेका थिए।

 

यसैबीच सिरहा कल्याणपुरका सन्तोष मण्डलले पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाहीको चेतावनी दिएका छन्। जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर