LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

अहिले राज्य व्यवस्थानै धरापमा परेको छ ः नेता यादव

सिरहा, १० कात्तिक । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीति व्यसायीकताबाट विमुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिरहाका पत्रकारहरुसँग दिवापली तथा छठ पर्वको शुभकामना साटासाट तथा अन्तकृया कार्यक्रममा नेता यादवले पार्टीहरुमा राजनीतिक आचरण कमजोरहुदै गएको भन्दै चिन्ता व्यक्त पगरेका हुन् ।rajkiswar
हामी राजनीतिक हिसावले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा भएपनि हाम्रो सोच, विचार, मानसिकता अझै एकात्मक शैलिकै रहेको उनले बताए । नेता यादवले भने, ‘हामीले ०१७ साल पछि विभिन्न आन्दोलनको बलमा संघिय लोकतान्त्रिक राज्य स्थापना गर्यौं; तर, आफूलाई त्यो अचरण र व्यहारमा ढाल्न सकेनौं, त्यसैको परिनाम राजनीतिक रुपमाले संघिय राज्य भएपनि आम जनताले लोकतन्त्र र संघियता महसुस गर्न सकिरहेका छैनन् ।’

पार्टीहरुभित्र पनि लोकतन्त्रको सहि अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धराममा पर्न सक्ने उनले आशंका व्यक्त गरे । नेता यादवले भने, ‘हामीले हाम्रो निती, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सहि मानेमा प्रयोग गर्न सवैको भूमिका आवश्यक छ ।’

उनले सवै पेशा–व्यसायका संस्था, समूह, व्यक्तिले आफ्नो व्यवसायीक दायित्व निर्वाह गरे समाज र राजनीति ठिक ठाउँमा आउने विश्वास व्यक्त गरे । राजनीति गर्नेले आफ्नो सेवाभावले, पत्रकारिता गर्नेले आफ्नो व्यसायीकता बुझे समाज र राजनीतिले सहि बाटो पकड्ने उनले बताए ।

पत्रकारहरुसँगको छलफलमा उनले समाजलाई सहि मार्ग निर्देशन गर्न पत्रकारीताको महत्वपूर्ण भूमिका बताए । अवको दिनमा पत्रकारहरुले पनि आफ्नो भूमिका अझ सशक्त बनाउन जरुरी रहेको उनको कथन रहेको छ ।

मन्तव्यकै क्रममा नेता यादवले अहिले न्यायलयतर्फ संकेत गर्दै व्यवसायीक मर्यादाले पराकाष्टा नाघेको बताए । राज्य संचालनमा महत्वपूर्ण भूमिका रहेको संस्था न्यायपालिकाले पनि कार्यपालिकासँग भागबण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले यसखालको हर्कतले लोकतान्त्र खतरामा रहेको संकेत दिईरहेको बताए ।

उनले व्यस्थापीका र कार्यपालिका भन्दा पर रहेका कामगर्ने पर्ने न्यायपालिका पनि भागवण्डाको खेलमा लाग्नु व्यस्थामाथिकै खतरा भएको उनले बताए ।

छलफलका क्रममा समाजवादी पार्टीका नेता तथा लेखक रामरिझन यादवले पत्रकारीतालाई स्थानीय परिवेशसंग गासेर हिड्नुपर्ने बताए । उनले आफ्नो पत्रकारीताको अनुभव सुनाउँदै जुन ठाउँबाट पत्रि, रेडियो संचालन गर्ने त्यसलाई विशेष महत्व दिएर समाचार, कार्यक्रमहरु बनाए त्यसले दिगोपन पाउने बताए ।

उनलेभने, ‘हामीले आफ्नो कभरक्षेत्र पहिचान गरी त्यहाँको स–साना घटना, विकास, विनास, उद्यम, वेरोजागरी सवैलाई समेटेर समाचार, कार्यक्रम बनाएर प्रकासन प्रशारण गर्ने हो भने एउटा संचार संस्था राम्रोसँग चल्न सक्छ, केन्द्रको मुख ताकिरहनु पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर