LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अहिले राज्य व्यवस्थानै धरापमा परेको छ ः नेता यादव

सिरहा, १० कात्तिक । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीति व्यसायीकताबाट विमुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिरहाका पत्रकारहरुसँग दिवापली तथा छठ पर्वको शुभकामना साटासाट तथा अन्तकृया कार्यक्रममा नेता यादवले पार्टीहरुमा राजनीतिक आचरण कमजोरहुदै गएको भन्दै चिन्ता व्यक्त पगरेका हुन् ।rajkiswar
हामी राजनीतिक हिसावले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा भएपनि हाम्रो सोच, विचार, मानसिकता अझै एकात्मक शैलिकै रहेको उनले बताए । नेता यादवले भने, ‘हामीले ०१७ साल पछि विभिन्न आन्दोलनको बलमा संघिय लोकतान्त्रिक राज्य स्थापना गर्यौं; तर, आफूलाई त्यो अचरण र व्यहारमा ढाल्न सकेनौं, त्यसैको परिनाम राजनीतिक रुपमाले संघिय राज्य भएपनि आम जनताले लोकतन्त्र र संघियता महसुस गर्न सकिरहेका छैनन् ।’

पार्टीहरुभित्र पनि लोकतन्त्रको सहि अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धराममा पर्न सक्ने उनले आशंका व्यक्त गरे । नेता यादवले भने, ‘हामीले हाम्रो निती, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सहि मानेमा प्रयोग गर्न सवैको भूमिका आवश्यक छ ।’

उनले सवै पेशा–व्यसायका संस्था, समूह, व्यक्तिले आफ्नो व्यवसायीक दायित्व निर्वाह गरे समाज र राजनीति ठिक ठाउँमा आउने विश्वास व्यक्त गरे । राजनीति गर्नेले आफ्नो सेवाभावले, पत्रकारिता गर्नेले आफ्नो व्यसायीकता बुझे समाज र राजनीतिले सहि बाटो पकड्ने उनले बताए ।

पत्रकारहरुसँगको छलफलमा उनले समाजलाई सहि मार्ग निर्देशन गर्न पत्रकारीताको महत्वपूर्ण भूमिका बताए । अवको दिनमा पत्रकारहरुले पनि आफ्नो भूमिका अझ सशक्त बनाउन जरुरी रहेको उनको कथन रहेको छ ।

मन्तव्यकै क्रममा नेता यादवले अहिले न्यायलयतर्फ संकेत गर्दै व्यवसायीक मर्यादाले पराकाष्टा नाघेको बताए । राज्य संचालनमा महत्वपूर्ण भूमिका रहेको संस्था न्यायपालिकाले पनि कार्यपालिकासँग भागबण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले यसखालको हर्कतले लोकतान्त्र खतरामा रहेको संकेत दिईरहेको बताए ।

उनले व्यस्थापीका र कार्यपालिका भन्दा पर रहेका कामगर्ने पर्ने न्यायपालिका पनि भागवण्डाको खेलमा लाग्नु व्यस्थामाथिकै खतरा भएको उनले बताए ।

छलफलका क्रममा समाजवादी पार्टीका नेता तथा लेखक रामरिझन यादवले पत्रकारीतालाई स्थानीय परिवेशसंग गासेर हिड्नुपर्ने बताए । उनले आफ्नो पत्रकारीताको अनुभव सुनाउँदै जुन ठाउँबाट पत्रि, रेडियो संचालन गर्ने त्यसलाई विशेष महत्व दिएर समाचार, कार्यक्रमहरु बनाए त्यसले दिगोपन पाउने बताए ।

उनलेभने, ‘हामीले आफ्नो कभरक्षेत्र पहिचान गरी त्यहाँको स–साना घटना, विकास, विनास, उद्यम, वेरोजागरी सवैलाई समेटेर समाचार, कार्यक्रम बनाएर प्रकासन प्रशारण गर्ने हो भने एउटा संचार संस्था राम्रोसँग चल्न सक्छ, केन्द्रको मुख ताकिरहनु पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर