LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

“भ्रष्टचारी,तानासाह,ठेकेदार मेयर खबरदार”

टुडेवाणी,

“भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ बलबा नगरपालिकाका नगरवासीहरुले आन्दोलन सुरु गरेका छन् ।

महोत्तरीस्थित बलबा नगरपालिकामा मंगलबारदेखि स्थानियवासीहरुले सात बुँदे माग राख्दै “भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ धर्ना तथा शन्तिपूर्ण आन्दोलन गरेका हुन् ।

पालिकाका बासिन्दाले पटक पटक सूचना माग गर्दा पनि आफूले कुनै सूचना नपाएको हुँदा धर्ना तथा आन्दोलन कार्यक्रम थालनी गरेका स्थानीय युवाहरू बताउँछन ।

उक्त पालिकाका मेयर बिनोद यादवले जनकपुरधामबाटनै पालिकाको सम्पूर्ण कार्य गर्दै आएको तथा सूचना माग गर्दा सूचना पनि नदिएको भन्दै उक्त आन्दोलनका अगुवा ई. बसन्तराज साहले आरोप लगाउँदै केहीदिन अघि सूचनाको हक सम्बन्धि ज्ञापनपत्र समेत बुझाएको जानकारी दिएका थिए ।

उनले भने,‘ सात दिनभित्र पालिकाले कुनै प्रतिक्रिया नदिए आन्दोलतरतले समुह कडा रुपमा प्रस्तुत हुने चतावनी समेत दिएको जानकारी दिए ।

यसअघि सूचना माग गर्दा स्थानियले पालिकामा तालाबन्दीसमेत गरेका थिए ।उक्त शन्तिपूर्ण आन्दोलनमा राजनारायण साह, दिपेन्द्र यादव, उदय यादव, रामनन्दन साह लगायत स्थनियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर