LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

२ करोड लगानीमा पोखरामा खुल्यो मेघा हेल्थ केयर, ‘सुपर स्पेशसियालिटी’ सेवा एकै ठाउँमा

पोखरा : पोखराको न्युरोडमा एकै ठाउँमा विशेषज्ञ सेवा (सुपर स्पेसलिस्ट सर्विस) दिने गरी मेघा हेल्थ केयर सञ्चालनमा आएको छ ।

२ करोड बढीको लगानीमा आफ्नै भवनमा विभिन्न विशेषज्ञ सेवा एकै ठाउँमा दिने गरी मेघा हेल्थ केयर स्थापना गरिएको डा. रामकृष्ण गिरीले बताए । ‘पोखरामा छुट्टाछुट्टै विशेषज्ञ सेवा दिने क्लिनिकहरु भएपनि एकै ठाउँबाट विभिन्न विशेषज्ञ सेवा दिने ठाउँ भने छैनन् ।

एकै ठाउँमा विशेषज्ञ सेवा दिऊँ भन्ने उद्देश्यले मेघा केयर स्थापना गरेका हौं,’ उनले भने, ‘वाथरोगसम्बन्धी म आफैं सेवा दिने भएकाले यससम्बन्धी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिइरहेको छु । अन्य विधाका सेवा छिट्टै थप हुनेछन् ।’ पोखरामै रहेर विशेषज्ञ सेवा एकै ठाउँमा दिने गरी तयारी गरेको भएपनि आवश्यकताअनुसार निश्चित मिति तोकेर पनि सुपर स्पेसलिस्ट सेवा दिने व्यवस्था मिलाइएको डा. गिरीको भनाइ छ ।

मेघा हेल्थ केयरमा बाथ रोगसँगै, सुगर, ग्यास्ट्रिक, मुटुरोग र फोक्सोसम्बन्धी रोगको उपचार पनि छिट्टै सुरु गरिने उनी बताउँछन् । केही डाक्टरहरु स्पेसलिष्ट बन्ने पढाइकै सिलसिलामा रहेको र अध्ययन पूरा हुनासाथ यहीँबाट सेवा सुरु गर्ने उनले योजना सुनाए । फागुनबाट फोक्सो तथा क्रिटिकल केयरसम्बन्धी सेवा सुरु हुने उनको भनाइ थियो ।

हेल्थ केयरमा प्रत्येक महिनाको चौंथो शनिबार निःसन्तान तथा बाँझोपनसम्बन्धी विशेषज्ञ डा. आकृति भारतीले सेवा प्रदान गर्दै आएको डा. गिरीले जानकारी दिए ।

‘बिरामीको माग र आवश्यकताअनुसार अन्य विशिष्ट डाक्टरहरु पनि हामीले निश्चित मितिका लागि बोलाउन सक्छौं,’ उनले भने । मेघा केयरमा तत्काल बाथसम्बन्धी सेवाका लागि डा. गिरीसहित १० जनाले सेवा दिइरहेका छन् भने अन्य सेवा विस्तारकै क्रममा रहेको उनको भनाइ थियो ।

काठमाडौंलगायतका मुख्य सहर र उपचार केन्द्रको विकल्प मेघा हेल्थ केयर बन्ने उनको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित खवर