LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

स्वास्थ्यका लागि अण्डा खानु कति आवश्यक ?

टुडेवाणी, कार्तिक ९ गते ।

जनकपुरधाम :  आजको भागदौड़ले भरिएको जीवनमा अधिकांस व्यक्तिहरु आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेको पाइदैन। तर जति नै व्यस्त भएपनि आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने पर्ने हुन्छ । अझ गर्मीयाममा स्वास्थ्यमा ध्यान दिनु निकै जरुरी हुन्छ। अण्डा यस्तो पोषक तत्व हुन्छ जसले तपाईको डाइटलाई सन्तुलित बनाउन मद्दत गर्छ। यस्तोमा दैनिक विहान अण्डा खानुभयो भने धेरै फाइदा लिन सक्नुहुनेछ।

यी हुन् अण्डाका विशेष फाइदा

१) प्रोटिन प्राप्त अण्डामा प्रोटिनको मात्रा बढी हुन्छ। किनभने जति अमीनो एसिड तपाई खानाबाट प्राप्त गर्नहुन्छ त्यति नै प्रोटिन तपाई अण्डाबाट पनि प्राप्त गर्न सक्नुहुनेछ।

२) प्रतिरोधात्मक शक्ति बढाउने अण्डामा सेलेनियम नामको तत्व पाइन्छ। जसले शरीरको इम्युनिटी बलियो बनाउन मद्दत गर्छ। यसका साथै अण्डामा रहेको बसेको सेलेनियमबाट हुने संक्रमणसँग लड्न पनि सहयोग पुर्‍याउँछ। अण्डाले थायराइड र हार्मोनमा हुने गडबडलाई पनि सन्तुलित पार्न मद्दत गर्छ। यसैले दैनिक बिहान एउटा अण्डा खानु आवश्यक छ।

३) दिमागलाई मजबुत राख्छ भागदौडले भरिएको जीवनमा दिमागलाई बलवान बनाउन निकै आवश्यक हुन्छ। अण्डामा कयौं पोषक तत्व हुन्छ जसले तपाईको दिमागलाई बलियो पार्छ। खासमा अण्डामा कोलिन नामक पोषक तत्व पाइन्छ। त्यसकारण सधै अण्डा खाने मानिसको दिमाग तेज हुन्छ। अण्डामा भिटामिन र फ्याट एसिड दिमागको लागि पनि फाइदाजनक हुने गर्छ।

४) पुरुषको शरीर बलियो बनाउछ पुरुषहरुले त झन् सधै विहान एउटा अण्डा खानु आवश्यक छ। यसले फर्टिलिटी मजबूत गराउने गर्छ। यसमा प्रोटिन प्रसस्त पाउने हुँदा पुरुषमा शरीरलाई बलियो बनाउनुका साथै शक्तिको वृद्धि हुन्छ।

५) वजन कम गराउछ बढ्दो वजन आजको आम समस्या बन्दै गैरहेको छ। यस्तोमा अण्डा यस्तो तत्व हो जसले वजन घटाउन मद्दत गर्छ। वजन कम गर्न अण्डाको पहेलो भाग निकालेर खानुपर्दछ। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर