LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

दर्ता बेगर औषधी बेच्दा चस्मा पसल शिलबन्दी, संचालक पक्राउ

विराटनगर : बिरामीले सेवन गर्ने औषधी जस्तो संवेदनशील क्षेत्रमा कमाउ धन्दामा लागेका व्यवसायीहरूले स्वास्थ्यमाथि खेलवाड गर्दै मनलाग्दी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

औषधी पसल संचालन गर्न र औषधी बिक्री वितरण गर्ने प्राविधिक अनिवार्य रूपमा राखेपछि औषधी व्यवस्था विभागबाट स्वीकृत लिएर मात्र फार्मेसी संचालन गरिनुपर्ने प्रावधान रहेको छ । तर, कमाउ धन्दामा लागेका व्यवसायीहरूले प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा मनलाग्दी तरिकाले चस्मा पसलमा पनि औषधी बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा भेटिएको छ ।

विराटनगर आँखा अस्पताल अगाडि विराटनगर–१३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर रहेर औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल सिलबन्दी गरेको छ । उक्त चश्मा घरले अनुमति बेगार बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

‘अनुमति नलिकन चस्मा पसलले औषधी बिक्री वितरण गरेको सूचना आएको थियो,’ उनले भने, ‘अनुगमनको क्रममा चश्मा पसलले औषधी भेटियो । यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगर औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढने उनले बताए ।

यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराईको र पहाडी जिल्लाका फार्मेसीहरूले औषधी बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुल्लेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेसीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ ।

अनुगमनको क्रममा दर्ता बेगार फार्मेसी संचालन गरेको पाइएपछि साउनदेखि असोजसम्मा सो संख्यामा कारवाही गरिएको हो ।

अनुगमनको क्रममा व्यवसायी (फर्मासिष्ट) अनुपस्थित भएका ४३ फार्मेसीलाई कारवाही गरिएको छ । यस्तै, विभागमा दर्ता नभएका औषधी बिक्री वितरण गर्ने ६ फार्मेसीलाई पनि कारवाहीको दायरामा ल्याएको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर