LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एस्ट्राजेनेका खोपको दोस्रो डोज आजदेखि लगाइदै

काठमाडौँ :  कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट लगाइदै छ । काठमाडौंका ८ वटा स्थानीय तहमा पहिलो डोज लगाएका १८ वर्षमाथि उमेर समूहलाई दोस्रो डोज दिन सुरु गरिएको हो।

काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका,टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाबाट खोप प्रदान गरिएको छ।

त्यस्तै, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप दिइनेछ ।

उक्त खोप अभियान स्थानीय तहका खोप केन्द्रमा तीन दिन र तोकिएका अस्पतालमा दुई दिन सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर