LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

लागुऔषधसहित तीन जना पक्राउ

टुडेवाणी, कार्तिक ९ गते ।

जलेश्वर । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले जिल्लाको औरही नगरपालिका–४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर