LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

माधव नेपाल समूहले धनुषा जिल्लामा एक सिट पनि नजित्ने दाबी गर्नुभयो : पुर्व मन्त्री महासेठ

टुडेवाणी,, कार्तिक ८ गते ।

जनकपुरधाम : नेकपा एमालेका नेता रघुवीर महासेठले माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी पार्टीले धनुषामा वडा सदस्य पनि नजित्ने टिप्पणी गर्नुभएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ टोका बजारमा सोमबार भएको सामुदायिक भवन पुजनोत्सव एवम् दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महासेठले यस्तो बताउनुभएको हो । उहाँले माधव समूहले धनुषा जिल्लामा एक सिट पनि नजित्ने दाबी गर्नुभयो ।

 

पूर्वमन्त्रीसमेत रहेका महासेठले नेपाली कांग्रेस नेतृत्वको सरकारले देशभरका दुई हजार सडक योजना बन्द गरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता शिवशंकर साह हिराले नेकपा एमाले सरकारको पालामा धनुषामा व्यापक विकास भएको दाबी गर्नुभयो ।

त्यसक्रममा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ स्थित टोका बजारमा बन्न लागेको सामुदायिक भवन शिलान्यास गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरू मनोज खड्का, भोला यादव, अजय यादवलगायत उपस्थित भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर