LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक : अध्यक्ष यादव

जनकपुरधाम, कात्तिक ८ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक रहेको बताउनु भएको छ।

जनता समाजवादी पार्टी जनकपुरधाम उपमहानगर समितिले आज जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने भएको हुँदा निर्वाचन प्रणाली फेर्नु पर्ने बताउनु भयो ।

दिनानुदिन महंगिदै गएको निर्वाचनले योग्य र इमान्दार व्यक्तिहरु राजनीति बाट पलायन हुने तथा माफियाहरु हावी हुने भएको हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानु पर्ने आवश्यकता रहेको उहाँको कथन थियो ।

करौडो खर्चेर जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा गयौ भने चुनावी खर्च न्युन हुने , इमान्दार नेताहरु संसदमा स्थान पाउने तथा विज्ञहरु सरकार संचालन गर्ने अवस्थाको सृजना हुने उल्लेख गर्नु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग,, पर्यटन , वन तथा वातावरण मन्त्री राम नरेश राय सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर