LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट

काठमाडौं-भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म र कलाकारलाई अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा अभिनेता मनोज बाजपेयी, धनुष र कंगना रनावट सर्वाेत्कृष्ट अभिनयका लागि सम्मानित भए ।गत २१ मार्चमा राष्ट्रिय फिल्म अवार्डको घोषणा भएको थियो । जसमध्ये दिवंगत अभिनेता सुशान्तसिंह राजपुत अभिनित ‘छिछोरे’ ले सर्वाेत्कृष्ट हिन्दी फिल्मको अवार्ड पायो ।

सो फिल्मका निर्देशक नितेश तिवारीलाई सम्मान गरिएको थियो । साउथ इन्डियन सुपरस्टार रजनिकान्तलाई ५१औ दादा साहेव फाल्के पुरस्कारबाट सम्मानित गरियो । रजनिकान्तलाई सम्मानित गर्दा कार्यक्रम स्थल, विज्ञान भवनमा उपस्थित सबैले उठेर ताली बजाएका थिए ।

कंगना रनावट ‘मर्णिकर्णिका’ र ‘पंगा’फिल्मका लागि सम्मानित भइन् । अवार्ड लिन उनी आमाबाबुको साथमा पुगेकी थिइन् । सर्वाेत्कृष्ट अभिनेताको अवार्ड मनोज बाजपेयीले पाए । उनले ‘भोस्ले’ फिल्मबाट अवार्ड जितेका हुन । त्यसैगरी, स्वाती पाण्डे निर्देशित ‘एलिफेन्ट टु रिमेम्बर’ ले सर्वाेत्कृष्ट बायोग्राफिकल फिल्मको अवार्ड जित्यो ।

दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले तमिल फिल्म ‘सुपर डिलक्स’ बाट सपोर्टिङ एक्टरको अवार्ड पाए भने दक्षिण भारतीय अभिनेत्री पल्लवी जोशीले ‘द ताशकन्द फाइल्स’ फिल्ममा गरेको अभिनयका लागि सपोर्टिङ एक्ट्रेसको अवार्ड पाइन् ।

जम्मा चार करोड भारुमा बनेको सो फिल्मले २० करोडभन्दा बढी व्यापार गरेको थियो । कार्यक्रममा सर्वश्रेष्ठ फिल्म फ्रेन्ड्ली स्टेटको रूपमा सिक्किमलाई सम्मान गरियो । कार्यक्रममा अन्य थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर