LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

अचानक यौनसम्पर्क हुनपुग्यो ? कसरी प्रयोग गर्ने आकस्मिक गर्भनिरोध ?

अचानक यौनसम्पर्क हुनपुग्यो । परिवार नियोजनको अस्थाई साधनको प्रयोग भएको थिएन । गर्भधारण हुनसक्ने सम्भावना छ । अब के उपाय अपनाउने ?

दुबै जनालाई यौनसम्पर्क गर्न मन लाग्यो र राम्रो अवसर पनि मिल्यो । यौनसम्पर्क हुँदाहुँदै कण्डम फुटेको थाहै पाएनन । यौनसम्पर्क सकिए पछि कण्डम निकाल्न खोज्दा पो थाहा भयो कि कण्डम फुटिसकेछ । उनीहरू डराए । गर्भरहन सक्ने शंका लाग्यो । के छ त विकल्प ?

श्रीमान श्रीमतिकै बीचमा पनि कुनै दिन यौनसम्पर्क गर्दा अस्थाई साधन प्रयोग नभएको हुनसक्छ । यस्तो अवस्थामा भएको असुरक्षित यौनसम्पका कारण अनिच्छित गर्भ रहनपनि सक्छ । के गर्ने ?

कुनै बेला त्यस्तो समय पनि आयो कि बाध्यता वा परिवन्धले यौनसम्पर्क हुनपुग्यो वा बलात्कार नै भयो । गर्भ रहन पनि सक्नेभयो । के गर्ने ?

यी र यस्तो अवस्थामा भएको यौनसम्पर्कबाट गर्भ रहनबाट बच्नका लागि आपत्कालीन वा आकस्मिक गर्भ निरोध (Emergency Contraceptive) को प्रयोग गरिन्छ । यसैलाई गर्भनिरोधको विधि भनिन्छ ।

आकस्मिक गर्भ निरोध विधिको प्रयोग गर्दा के के कुरामा ध्यान दिनु पर्छ ?

यौन सम्पर्क हुँदा परिवार नियोजनका कुनै पनि अस्थाई साधनको प्रयोग नगरिएको अवस्थामा वा साधन असफल भएको अवस्थामा आकस्मिक गर्भनिरोधको विधि अपनाउन सकिन्छ । यसको लागि बजारमा अनेकन औषधिहरू पाइन्छन । ती औषधिको प्रयोग गर्नुपूर्व स्वास्थ्य कर्मीसँग परामर्श गर्न आवश्यक छ र अशुरक्षित यौनसम्पर्क भएको ७२ घण्टा भित्र औषधि प्रयोग हुनुपर्दछ अन्यथा औषधिले काम नगर्न पनि सक्छ ।

आकस्मिक गर्भनिरोधले यौन अङ्गमा हुने सङ्क्रमण र  एच.आई.भी/एड्सबाट जोगाउँदैन । अनि, यसलाई नियमित गर्भनिरोधको साधनको रूपमा प्रयोग गर्नु हुदैन । किनकि यसको पटकपटक प्रयोग गर्नाले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यस्तै आकस्मिक गर्भ निरोधको औषधिले गर्भपतनको काम पनि गर्दैन ।

कण्डमको दोहोरो भूमिका हुन्छ किनकि यसले गर्भनिरोधको काम गर्नुका साथै एचआइभी तथा अन्य यौन सङ्क्रमणहरू हुनबाट बचाउछ । महिलाले प्रयोग गर्ने कण्डम पनि बजारमा पाइन्छ ।महिला स्वास्थ्य

प्रतिक्रिया
सम्बन्धित खवर