LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अचानक यौनसम्पर्क हुनपुग्यो ? कसरी प्रयोग गर्ने आकस्मिक गर्भनिरोध ?

अचानक यौनसम्पर्क हुनपुग्यो । परिवार नियोजनको अस्थाई साधनको प्रयोग भएको थिएन । गर्भधारण हुनसक्ने सम्भावना छ । अब के उपाय अपनाउने ?

दुबै जनालाई यौनसम्पर्क गर्न मन लाग्यो र राम्रो अवसर पनि मिल्यो । यौनसम्पर्क हुँदाहुँदै कण्डम फुटेको थाहै पाएनन । यौनसम्पर्क सकिए पछि कण्डम निकाल्न खोज्दा पो थाहा भयो कि कण्डम फुटिसकेछ । उनीहरू डराए । गर्भरहन सक्ने शंका लाग्यो । के छ त विकल्प ?

श्रीमान श्रीमतिकै बीचमा पनि कुनै दिन यौनसम्पर्क गर्दा अस्थाई साधन प्रयोग नभएको हुनसक्छ । यस्तो अवस्थामा भएको असुरक्षित यौनसम्पका कारण अनिच्छित गर्भ रहनपनि सक्छ । के गर्ने ?

कुनै बेला त्यस्तो समय पनि आयो कि बाध्यता वा परिवन्धले यौनसम्पर्क हुनपुग्यो वा बलात्कार नै भयो । गर्भ रहन पनि सक्नेभयो । के गर्ने ?

यी र यस्तो अवस्थामा भएको यौनसम्पर्कबाट गर्भ रहनबाट बच्नका लागि आपत्कालीन वा आकस्मिक गर्भ निरोध (Emergency Contraceptive) को प्रयोग गरिन्छ । यसैलाई गर्भनिरोधको विधि भनिन्छ ।

आकस्मिक गर्भ निरोध विधिको प्रयोग गर्दा के के कुरामा ध्यान दिनु पर्छ ?

यौन सम्पर्क हुँदा परिवार नियोजनका कुनै पनि अस्थाई साधनको प्रयोग नगरिएको अवस्थामा वा साधन असफल भएको अवस्थामा आकस्मिक गर्भनिरोधको विधि अपनाउन सकिन्छ । यसको लागि बजारमा अनेकन औषधिहरू पाइन्छन । ती औषधिको प्रयोग गर्नुपूर्व स्वास्थ्य कर्मीसँग परामर्श गर्न आवश्यक छ र अशुरक्षित यौनसम्पर्क भएको ७२ घण्टा भित्र औषधि प्रयोग हुनुपर्दछ अन्यथा औषधिले काम नगर्न पनि सक्छ ।

आकस्मिक गर्भनिरोधले यौन अङ्गमा हुने सङ्क्रमण र  एच.आई.भी/एड्सबाट जोगाउँदैन । अनि, यसलाई नियमित गर्भनिरोधको साधनको रूपमा प्रयोग गर्नु हुदैन । किनकि यसको पटकपटक प्रयोग गर्नाले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यस्तै आकस्मिक गर्भ निरोधको औषधिले गर्भपतनको काम पनि गर्दैन ।

कण्डमको दोहोरो भूमिका हुन्छ किनकि यसले गर्भनिरोधको काम गर्नुका साथै एचआइभी तथा अन्य यौन सङ्क्रमणहरू हुनबाट बचाउछ । महिलाले प्रयोग गर्ने कण्डम पनि बजारमा पाइन्छ ।महिला स्वास्थ्य

प्रतिक्रिया
सम्बन्धित खवर