LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

भात नखाँदा यस्तो समस्या पनि हुनसक्छ

टुडेवाणी, करिक ८ गते ।

जनकपुरधाम ।  तौल घटाउनका लागि धेरै व्यक्तिले आफ्नो खानपानमा विभिन्न किसिमका परिवर्तन गरिरहेका हुन्छन् । खानपानमा परिवर्तन गरेरै तौल घटाउने लहरमा धेरैले पहिला छोड्ने भनेकै भात हुने गर्छ । धेरैलाई भात खाएमा मोटो भइन्छ भन्ने विश्वास रहेको छ । जसको कारण उनीहरू भात खाने गर्दैनन् । तर के भात खाएकै कारणले मात्र मोटोपन बढ्ने हो त ? भन्ने विषयमा न्यूट्रिसियनको फरक मत पनि रहेको छ ।

बलिउडका सेलिब्रेटीहरुको न्यूट्रिसन एक्सपर्टको रूपमा काम गर्दै आएकी रुजुता दिवेकरले हालै आफ्नो इन्ष्टाग्राम एकाउन्टमा चामल खानुका फाइदाको विषयमा एउटा पोस्ट गरेकी छिन् । उक्त पोस्टमा उनले भात खानुका फाइदाको विषयमा व्याख्या गरेकी छिन् । उनका अनुसार भात एउटा प्रोबायोटिक पदार्थ हो । यसको सेवनले पेट मात्र भर्दैन यसले पेटको आँतमा रहेका राम्रा ब्याक्टेरियाहरूलाई बढाउन मद्दत पनि गर्छ । यसलाई दाल र तरकारीसँग मात्र नभएर पिनेर रोटी बनाएर, खिर बनाएर पनि खान सकिन्छ ।

भातलाई दाल, दही, ध्यू वा मासुसँग खाँदा भातले रगतमा रहेको चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ । यी खानेकुराको तुलनामा भात चाडै पच्ने हुनाले पेटलाई हलुङ्गो समेत बनाउँछ । भात खाएपछि राम्रोसँग निन्द्रा लाग्छ र यसले शरीरको हार्मोनहरुलाई सन्तुलनमा राख्न मद्दत समेत गर्छ । त्यसैले बालबालिका र युवाले भात अनिवार्य रूपमा खानु नै राम्रो मानिन्छ ।

भातको सेवनले छालालाई पनि राम्रो गर्छ । भातमा रहेको प्रोल्याक्टिकको कारण छालामा रहेको छिद्रलाई राम्रो बनाउँछ । यस्तै भारतको नियमित सेवनले कपाललाई पनि स्वास्थ्य र बढ्नमा मद्दत गर्छ । चामल निकाल्ने बेला आएको भुस बस्तुभाउलाई हुन्छ भने धान रोपेको स्थानको माटोमा पर्याप्त मात्रामा नाइट्रोजन हुन्छ । यो फसलले माटोमा पर्याप्त मात्रामा नाइट्रोजन छोडेर माटोको उर्वर क्षमतालाई बढाउन मद्दत समेत गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर