LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत ९ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो ।

कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ । पार्टीले घोषणा गरेको कार्यक्रम अनुसार कार्तिक ८ गते सोमवार जिल्ला स्तरीय वैठक राख्ने,जिल्लामा आन्दोलनको समिति वनाउने र जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनको लागिथ तयार गर्न अनुगमन अधिकारी तोक्ने साथै सोहि दिन हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने भएको छ भने कार्तिक ९ गते मंगलवार गाउपालिका स्तरीय वैठक राख्ने,पालिका स्तरीय आन्दोलन समिति वनाउने र पालिकामा बाइक रयाली गर्दै नारा माइंकिङ्ग गराउने निर्णय गरेको छ ।

त्यसैगरि कार्तिक १० गते बुधवार हरेक वाडमा आन्दोलन समिति वनाउने,वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ भने कार्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरापार आनदोलनको तयारी गर्ने भएको छ । कार्तिक १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस प्रर्दशन,कार्तिक १३ गते अधिवेशनका कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम राखिएको जारी विज्ञप्ती माफर्त जनाइएको छ । त्यस्तै कािर्तक १४ गते केन्द्रिय कार्यकारीणी समिति र जिल्ला कार्यकारिणी समितिको वैठकले समीक्ष गरी आन्दोलनको थप कार्यक्रम ल्याउने तय गरेको छ ।

भने कार्तिक १५ गते सोमवार गाउपालिकाको ठुलो वजार र हटियाहरुमा कोणसभा गरेर माग जनता समक्ष अवगत गराउने कार्यक्रम राखेको छ । कार्तिक १६ गते वडा र टोलहरुमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरु गरेर माग जनता समक्ष अवगत गराउने,,सवै जनता आनदोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर