LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

टुडेवाणी,कार्तिक ७ गते ।

सुनसरी : सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

इटहरी(२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो ।

चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर