LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

चार वर्षअघि पराजित वडाध्यक्ष पुन: मत गणना गर्दा विजयी

टुडेवाणी, कार्तिक ७ गते ।

महोत्तरी :  स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० को परिणाम उल्टिएको छ। सर्वोच्च अदालतको आदेशपछि पुनः भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन्। आइतबार जनकपुर उच्च अदालतको सभाहलमा भएको मतगणनामा उनी दुई मतले विजयी भएको परिणाम आएको हो । रायले २६८ मत ल्याएका थिए। यता स्थानीय तहको निर्वाचनको वेला निर्वाचन कार्यालयले विजयी घोषणा गरी हालसम्म वडाध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएका छन्।

०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुणकुमार चौधरीको ३ ओटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो। त्यसपछि आफू नभएको वेला निर्वाचन अधिकृतले गोलाप्रथा गरी अरुणकुमार चौधरीलाई निर्वाचित गरिदिएको भन्दै रमेशकुमार रायले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सवोच्च अदालतले कार्तिक ७ गते पुनः मतगणना गर्नू भन्ने आदेश दिएको थियो।

उच्च अदालत जनकपुरबाट ०७५ असार २१ गते नै १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली कांग्रेसबाट निर्वाचित भएका वर्तमान वडाध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाऊँ भन्दै निवेदन दिएका थिए। ०७७ साल चैत्र ६ गते उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोनाको कारण मतगणनाको मिति तय हुन सकेको थिएन। उच्च अदालत जनकपुरको इजलास नं. २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ०७८ कार्तिक ७ गते बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर