LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

चार वर्षअघि पराजित वडाध्यक्ष पुन: मत गणना गर्दा विजयी

टुडेवाणी, कार्तिक ७ गते ।

महोत्तरी :  स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० को परिणाम उल्टिएको छ। सर्वोच्च अदालतको आदेशपछि पुनः भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन्। आइतबार जनकपुर उच्च अदालतको सभाहलमा भएको मतगणनामा उनी दुई मतले विजयी भएको परिणाम आएको हो । रायले २६८ मत ल्याएका थिए। यता स्थानीय तहको निर्वाचनको वेला निर्वाचन कार्यालयले विजयी घोषणा गरी हालसम्म वडाध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएका छन्।

०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुणकुमार चौधरीको ३ ओटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो। त्यसपछि आफू नभएको वेला निर्वाचन अधिकृतले गोलाप्रथा गरी अरुणकुमार चौधरीलाई निर्वाचित गरिदिएको भन्दै रमेशकुमार रायले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सवोच्च अदालतले कार्तिक ७ गते पुनः मतगणना गर्नू भन्ने आदेश दिएको थियो।

उच्च अदालत जनकपुरबाट ०७५ असार २१ गते नै १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली कांग्रेसबाट निर्वाचित भएका वर्तमान वडाध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाऊँ भन्दै निवेदन दिएका थिए। ०७७ साल चैत्र ६ गते उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोनाको कारण मतगणनाको मिति तय हुन सकेको थिएन। उच्च अदालत जनकपुरको इजलास नं. २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ०७८ कार्तिक ७ गते बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर