टुडेवाणी ,कार्तिक ७ ।
जनकपुरधाम : प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले तेस्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेलमैदान संचालित प्रतियोगिताको आइतबार आयोजित एक समारोहका बीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।
यूवा शक्ति क्लव बिष्णुपुरद्वारा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिताको मन्त्री साहले ब्याटिङ्ग गरेर उद्घाटन गरे । क्रिकेट प्रतियोगिताको उद्घाट गर्दै मन्त्री साहले खेल मानव जीवनमा अति आबश्यक रहेको बताए । खेलको माध्यमले सामाजिक रुपान्तरणमा समेत ठूलो टेवा पुग्नेछ, मन्त्री साहले भने, खेल सामाजिक परिवर्तनको एक आधार पनि हो ,स्वास्थ्यका लागि मानव जीवनमा खेल अति आबश्यक छ ।
यूवाहरुको कुलततर्फ आकर्षण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले खेलको माध्यमले सामाजमा ब्याप्त बिकृति बिसंगति अन्त्य गर्नमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे । मधेशको पहिचान झल्काउने गरि प्रतियोगिता आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै मन्त्री साहले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।
क्लबका अध्यक्ष ईन्जिनियर रबिन्द्र यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको संचालन कोषाध्यक्ष नन्दकिशोर गुप्ताले गरे । उद्घाटन खेलमा लहान क्रिकेट क्लब सिरहाले फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै जित हासिल गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ टिमले सहभागी जनाएको छ । प्रतियोगिताका बिजेता टिमलाई नगद १ लाख र उपबिजेता टिमलाई पचास हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सह–सचिव जितेन्द्र कुमार यादवले बताए ।