पुरुषको शरीरमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भन्ने गरिन्छ । यो हर्मोनले पुरुषमा यौन इच्छा बढाउने काम गर्छ । यो हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् । जस्तै :
धेरै थकाई लाग्नेः
धेरै थकाई लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । यदि धेरै थकाई लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ ।
यो हर्मोनको कमिले यौन जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लिङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक हुन्छ । मधुमेह भएमा पनि यस्तो समस्या आउँछ ।
स्मरणशक्तिमा असरः
टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पु¥याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।
मुड परिवर्तनः
टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पु¥याउँछ । यो हर्मोनको कमि हुँदा तपाई कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ ।
मांशपेशीमा परिवर्तनः
टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ ।
हड्डीहरु कमजोर हुने र शरीरका रौँमा असरः
यो हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । शरीरका अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ ।