LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।

 

चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई यसरी बेथितिमा राख्न मिल्छ ?’ सिंहले भने, ‘क्रियाशील सदस्यमा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।’

 

परिणामलाई आफ्नो पक्षमा पार्न पार्टी पदाधिकारीले क्रियाशील सदस्यतामा खेलबाड गरिरहेको भन्दै उनले यसले कांग्रेसलाई राम्रो नगर्ने बताए । मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने उनले बताए । ‘के गाह्रो छ भन्या ? निर्वाचन समिति गठन भइसकेको छ । निर्वाचन समितिले क्रियाशील दिनुस् बाँकी रहेको ठाउँमा काम गर्छु भनिरहँदा पनि आलटाल गरिरहेको छ,’ उनले भने, ‘समितिमाथि समिति गठन गरेर ढिला गरिरहेको छ ।’

 

सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताए । ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे । सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बताए ।

 

आफू आसन्न महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर