LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

न्यायको जीत: अनशन तोडेपछि रुबी खानले भनिन्, सम्पूर्ण महिलाको जीत भयो, अब सत्यतथ्य बाहिर आओस्’

काठमाडौं : बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान शुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगञ्जकी अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छिन् ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि आज खान अनसनरत स्थान माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएकी हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै न्यायका लागि खान १२ दिनदेखि आमरण अनसन बसेकी थिइन् ।

उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरु नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

गृह प्रवक्ता पोखरेलले सहमतिमा ७ दिनभित्र उक्त घटनाको प्रतिवेदन तयार गरी बुझाउने सहमति र त्यसका लागि गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् ।

आमरण अनसन तोड्नुअघि खानले सरकारसँग भएको सहमतिले सम्पूर्ण महिलाको जीत भएको र समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताइन् ।

उक्त घटनाको छानबिनको माग राखी बाँके जिल्लाबाट गत असोज १ गतेदेखि पैदलयात्रा गरी २० दिनमा काठमाडौँ आइपुगेकी खानले आमरण अनशन शुरु गरेकी हुन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर