LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नेपालगन्ज : बागेश्वरी मन्दिरमा ११ हजार द्वीप प्रज्ज्वलन गरिँदै

पूजा वैश्य । नेपालगन्ज
जय सियाराम युवा क्लब नेपालगन्जले बागेश्वरी मन्दिरमा महाद्वीप प्रज्ज्वलन गर्ने भएको छ ।

तिहारको अवसरमा आगामी १६ कार्तिक धनवन्तरी जयन्ती (धन्तेरसं को दिन बागेश्वरी मन्दिरमा ११ हजार दियो प्रज्ज्वलन गरेर महादिपोत्सव मनाइने क्लबका अध्यक्ष सुशील साहुले बताए । महादिपोत्सवको दिन मध्यान्न १२ बजेदेखि रामायणको सुन्दरकाण्ड पाठ हुनेछ ।

उक्त पाठ समापन भएपछि साँझ ५ बजेदेखि महाद्वीप प्रज्ज्वलन गरिनेछ ।

हिन्दु सनातन धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ । दीपावलीको अवसर पारेर राम भगवानको भव्य शोभायात्रामा गरिने जनाइएको छ ।

माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला क्लबले १५ कार्तिकको साँझ ५ बजे श्रीराजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगरदेखि सुरु गरी बजार परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गरिनेछ ।

राम भगवानको शोभायात्रामा ठूलो जनसहभागिता गराउने लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित खवर