LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

नेपालगन्ज : बागेश्वरी मन्दिरमा ११ हजार द्वीप प्रज्ज्वलन गरिँदै

पूजा वैश्य । नेपालगन्ज
जय सियाराम युवा क्लब नेपालगन्जले बागेश्वरी मन्दिरमा महाद्वीप प्रज्ज्वलन गर्ने भएको छ ।

तिहारको अवसरमा आगामी १६ कार्तिक धनवन्तरी जयन्ती (धन्तेरसं को दिन बागेश्वरी मन्दिरमा ११ हजार दियो प्रज्ज्वलन गरेर महादिपोत्सव मनाइने क्लबका अध्यक्ष सुशील साहुले बताए । महादिपोत्सवको दिन मध्यान्न १२ बजेदेखि रामायणको सुन्दरकाण्ड पाठ हुनेछ ।

उक्त पाठ समापन भएपछि साँझ ५ बजेदेखि महाद्वीप प्रज्ज्वलन गरिनेछ ।

हिन्दु सनातन धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ । दीपावलीको अवसर पारेर राम भगवानको भव्य शोभायात्रामा गरिने जनाइएको छ ।

माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला क्लबले १५ कार्तिकको साँझ ५ बजे श्रीराजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगरदेखि सुरु गरी बजार परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गरिनेछ ।

राम भगवानको शोभायात्रामा ठूलो जनसहभागिता गराउने लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित खवर