LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

इञ्जिनियर कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसक्यो : गृहमन्त्री खाण

टुडेवाणी, कार्तिक ७ गते । 

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सी.डी.ई. राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही सुरु भइसकेको बताएका छन्।

शुक्रबार गृह मन्त्रालयमा कुशवाहामाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताए। ‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ’, उनले भने, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ।’

उनले आज प्रहरीले कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्तालाई अपराधिक उपद्रव मुद्दा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ।

कुशवाहालाई हिजो कार्यालयमा पुगेर जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए। आज गृहमन्त्री खाणलाई सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधि मण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामति कर्मचारी युनियनको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए।

सबै ज्ञापन पत्रमा कुशवाहमाथि भएको व्यवहार निन्दनीय र भर्त्सनायोग्य भएको भन्दै कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ। शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर