LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

एसिड आक्रमणमा परेकी संगिताको लगन गाँठो

टुडेवाणी, कार्तिक ७ गते ।

६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रिया दिँदै संगिताले दुबैजनाले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् ।

संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण भएको थियो । एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो ।

याे पनि पढ्नु हाेस‍‍‍‌‌: ५५ बर्षअघि हराएको औँठी फेला पारेपछि…
कैयौं हाम्रो जीवनमा यस्ता विशेष घटना घट्न पुग्छन् जसको अनुमान लगाउन समेत सकिदैन । यस्तै भएको छ एक व्यक्तिको जीवनमा । एक व्यक्तिले आफुले गुमाएको औँठी ५५ बर्षपछि भेटेका छन् ।

एक व्यक्ति जसले आफ्नो आमाबुवाको बगैँचामा विवाह गरेका थिए, उनले त्यहि औँठी हराए । रैनसम जोन्स नामक व्यक्तिले पाँच दशक भन्दा पहिले मफ्रीसबोरोमा मुल घरमा काठको काम गर्दा आफ्नो विवाहको औँठी हराएका थिए । यो औँठी उनले लामो समयसम्म लगाउन सम्म पाएका थिएनन् ।

जोन्सका अनुसार औँठी हराएपछि उनका सम्पुर्ण परिवारले यसको खोजी तिव्र पारे । उनीहरुले कैयौं वर्षसम्म औँठी खोजे तर भेट्न सकेनन् । जोन्सले आफ्नो पत्नी व्रेन जोन्स सहित आफ्ना छोराछोरीलाई समेत औँठी हराएको बताए र धेरै बर्षसम्म यसको खोजी गर्न अह्राए । तर औँठी भेट्न सकेका थिएनन् ।

जोन्सका अनुसार ढोका खोलेर सामान फ्याक्दा औँठी समेत फालिएको थियो । यसरी हराएको औँठीका बारेमा उनले छोराछोरीले भने र खोज्न लगाए । तर खोज्दा समेत नभेटेपछि उनको ५१ बर्षिय छोराले केवल आफुहरुलाई व्यस्त राख्न जोन्सले झुट बोलेको ठान्दथे ।

जोन्सले सन् २००६ मा डग र सामन्था कुकलाई घर बेचे । डग कुकलाई घर छाडेर जादाँ जोन्सले आफ्नो औँठीका बारेमा बताएका थिए । तर घर किनेका डगले औँठी फेला पारे र जोन्सलाई फिर्ता दिए । डेली न्यूज जर्नलसंगको कुराकानी जोन्सले बताए अनुसार उनले हराएको सो औँठी करीब ५५ बर्षपछि फेरी पाएका छन् । जसका कारण उनी अत्यन्त खुसी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर