टुडेवाणी, कार्तिक ६ गते ।
काठमाडौं । सात जन्म सँगै बिताउन गरिएको विवाह केहि मिनेटमा समाप्त भएको छ ।
भारत, उत्तर प्रदेशको देवरिया जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको हो ।
त्यहाँको भटनी क्षेत्रको मन्दिरमा विवाहपछि, एक युवती ससुरालीको घरमा जाँदै गर्दा आफ्ना प्रेमीसँग भागेकी हुन् ।
दुलहीले पहिले कार रोकिन् त्यसपछि आफ्नो प्रेमी संग फरार भइन् । बाटोमा, दुलाहा कारमा बसेर आफ्नी श्रीमतीको पर्खाइ गरिरहेका थिए, तर उनी आइनन् ।
दुलही नआएपछि दुलाहा निराश हुँदै जन्तीसहित खाली हात घर फर्किनुपर्यो । यस घटनाको बारेमा सम्पूर्ण क्षेत्रमा विभिन्न बहसहरु भइरहेका छन् ।
प्राप्त जानकारी अनुसार खुखुण्डु प्रहरी चौकीमा बस्ने एक युवकको विवाह भटनी क्षेत्रमा बस्ने एक केटीसंग पक्का भएको थियो ।
दुबै पक्षको सहमतिपछि, मानिसहरु सोमबार त्यस क्षेत्रको एक मन्दिरमा विवाहको लागि भेला भएका थिए । दुलही पक्षका मानिसहरूले दुलाहा पक्षका मानिसहरूलाई न्यानो स्वागत दिए ।
त्यसपछि विवाह हिन्दु परम्परा अनुसार सोमबार साँझ भयो । दुलही कारमा दुलहासँग नव श्रीमानको घरको लागि गइन् । केहि टाढा गएपछि, उनले आफू सवार कार रोकिन् र दुलाहालाई केहि काम भएको भन्दै पर्खन भनेर झरिन् ।
तर लामो समय बितिसक्दा पनि फर्किईनन्, जन्तीले दुलही खोज्न थाले, तर उनी भेटिएनन् । केहि समयपछि थाहा भयो कि उनी आफ्नो प्रेमी संग फरार भइन् ।
त्यस बारेमा थाहा पाउँदा, जन्ती र माइती पक्षका मान्छेको होश उड्यो । लामो समयसम्म भएको छलफलपछि, दुलाहा दुलहीबिना घर फर्कनुपर्यो । फिल्मी शैलीमा भएको यो घटना त्यस क्षेत्रका सबैको जिब्रोमा बसेको छ ।
मानिसहरु भन्छन् कि सात जन्मको लागि गरिएको वाचा सात मिनेट पनि टिकेन ।
सो सम्बन्धमा, एसओ भटनी श्यामसुन्दर तिवारीले भने कि यो मुद्दा जानकारीमा आएको छ, लिखित उजुरी प्राप्त भए पछि कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।