LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिके राउतले द्धन्द खोजेको हो : सभापति यादव

टुडेवाणी,कार्तिक ६ गते ।

जनकपुरधाम :  नेपाल ईन्जिनियर एशोसिएशन, प्रदेश २ का सभापति ईन्जिनियर नन्द किशोर यादवले जनमत पार्टीका नेता सिके राउतले मधेसमा द्धन्द खोजेको टिप्पणी गरेका छन् । राउत स्वयंम् ईन्जिनियर पेशा संग सम्बन्धीत रहेको तर्क गर्दै द्धन्द खोजेको हो ? भन्ने प्रष्ट गर्न राउतलाई सुभाव दिएको छ ।

घटना पश्चात पनि सिके राउतले ईन्जिनियरहरुलाई धम्की पूर्ण अभिव्यक्ति दिए लगतै ईन्जियर एशोसिएसनले राउतको धम्कीलाई प्रतिकार गर्ने जनाएको छ ।

नेपाल ईन्जिनियर एशोसिएशन, प्रदेश २ ले जनकपुरमा पत्रकार सम्मेलन गर्दै सिके राउतले व्यक्तिगत स्वार्थको लागि खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि भ्रष्टाचारको झुठो आरोप लगाएको प्रष्ट पारेका छन् । सिके राउत संग भ्रष्टाचार गरेको कुनै प्रमाण वा कागजात भए सार्वजनिक गर्न सभापति यादवले चुनौति दिएका छन् ।

‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउत तराई मधेसमा पनि सर्वसाधारणको साथ नपाएपछि मनगढन्ते भ्रमक कहानी लिएर अगाडि बढेको ईन्जियरहरुको टिप्पणीछ ।

ईन्जिनियर एशोसिएसनले सिके राउतलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्न प्रसाशन संग मांग समेत गरेको छ । राउतकै योजनामा जनमत पार्टीका कार्यकर्ताहरुले अपराध जन्य कार्य गरेको हो, सभापति यादवले भने राउत मधेसलाई तालिवान बनाउन खोजेको हो । यसको उचित जवाफ हामीले दिन्छौं ।

राजनीतिमा पूर्ण रुपमा असफल हुँदै गएको राउत पछिल्लो समय व्यक्तिगत स्वार्थमा लिन भएको एशोसिएसनको ठहरछ । राउतलाई पक्राउ नगरीए थप आन्दोलन घोषणा गर्छौं । देशै भरका ईन्जिनियहरुले विकास निर्माणका कामकाज बन्द गरी आन्दोलनमा उत्रन बाध्य हुने छौं ।, सभापति यादवले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर