LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

सिके राउतले द्धन्द खोजेको हो : सभापति यादव

टुडेवाणी,कार्तिक ६ गते ।

जनकपुरधाम :  नेपाल ईन्जिनियर एशोसिएशन, प्रदेश २ का सभापति ईन्जिनियर नन्द किशोर यादवले जनमत पार्टीका नेता सिके राउतले मधेसमा द्धन्द खोजेको टिप्पणी गरेका छन् । राउत स्वयंम् ईन्जिनियर पेशा संग सम्बन्धीत रहेको तर्क गर्दै द्धन्द खोजेको हो ? भन्ने प्रष्ट गर्न राउतलाई सुभाव दिएको छ ।

घटना पश्चात पनि सिके राउतले ईन्जिनियरहरुलाई धम्की पूर्ण अभिव्यक्ति दिए लगतै ईन्जियर एशोसिएसनले राउतको धम्कीलाई प्रतिकार गर्ने जनाएको छ ।

नेपाल ईन्जिनियर एशोसिएशन, प्रदेश २ ले जनकपुरमा पत्रकार सम्मेलन गर्दै सिके राउतले व्यक्तिगत स्वार्थको लागि खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि भ्रष्टाचारको झुठो आरोप लगाएको प्रष्ट पारेका छन् । सिके राउत संग भ्रष्टाचार गरेको कुनै प्रमाण वा कागजात भए सार्वजनिक गर्न सभापति यादवले चुनौति दिएका छन् ।

‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउत तराई मधेसमा पनि सर्वसाधारणको साथ नपाएपछि मनगढन्ते भ्रमक कहानी लिएर अगाडि बढेको ईन्जियरहरुको टिप्पणीछ ।

ईन्जिनियर एशोसिएसनले सिके राउतलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्न प्रसाशन संग मांग समेत गरेको छ । राउतकै योजनामा जनमत पार्टीका कार्यकर्ताहरुले अपराध जन्य कार्य गरेको हो, सभापति यादवले भने राउत मधेसलाई तालिवान बनाउन खोजेको हो । यसको उचित जवाफ हामीले दिन्छौं ।

राजनीतिमा पूर्ण रुपमा असफल हुँदै गएको राउत पछिल्लो समय व्यक्तिगत स्वार्थमा लिन भएको एशोसिएसनको ठहरछ । राउतलाई पक्राउ नगरीए थप आन्दोलन घोषणा गर्छौं । देशै भरका ईन्जिनियहरुले विकास निर्माणका कामकाज बन्द गरी आन्दोलनमा उत्रन बाध्य हुने छौं ।, सभापति यादवले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर