LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

टिभीमा लाइभ समाचार पढिरहेका बेला अचानक यस्तो भएपछी जे भयो त्यो देखेर सबै हैरान !

काठमाडौं । टिभीमा लाइभ (प्रत्यक्ष) रिपोर्टिङको क्रममा, धेरै पटक केहि आश्चर्यजनक कुराहरु हुन्छन्, जसलाई सहज रुपमा विश्वास गर्न सकिदैँन् । त्यसपछि ति कुराहरु विश्वभर भाइरल हुन थाल्छन् । यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ । त्यहाँ एक समाचारवाचिकाले टिभीमा मौसम समाचार पढ्दै गर्दा अचानक हलचल पैदा भयो ।

भएको के थियो भने जब उनी समाचार पढ्दै थिइन्, स्क्रिनमा एउटा वयश्क भिडियो चलिरहेको थियो । यो घटना अमेरिकाको एक स्थानीय टिभी च्यानलको हो । “डेली मेल” को एक रिपोर्ट अनुसार, यो टीभी च्यानलमा मौसम जानकारी दिने कार्यक्रममा, एक महिला समाचारवाचिका दर्शकहरुलाई मौसम बारे बताइरहेकी थिईन्, तब उनको पछाडि स्क्रिनमा मौसम अपडेट आइरहेको थियो ।

एंकर अर्थात समाचारवाचिका आफ्नो अगाडिको स्क्रिनमा हेरिरहेको थिइन् र दृश्यहरु पृष्ठभूमिमा खेल्दै थिए । त्यसैबीच, जब उनी मौसम जानकारी दिइरहेकी थिइन्, अचानक मौसम को दृश्य को सट्टा, उनको पछि वयश्क भिडियो चल्न थाल्यो ।

अचम्मको कुरा के भने समाचार पढ्दै गरेकी उनलाई उनको पछाडि के चलिरहेको छ भन्ने जानकारी हुन सकेन् । जब अन्य मानिसहरुले त्यसबारे जानकारी पाए तत्काल समाचार बन्द गरियो । तर त्यो समयसम्म धेरै ढिला भइसकेको थियो, किनकि मानिसहरु सो समाचार लाइभ अर्थात प्रत्यक्ष हेरिरहेका थिँए ।

जब एंकरलाई आफूले समाचार वाचन गर्दा वयश्क भिडियो चलेको कुरा थाहा भयो, उनी स्तब्ध भइन् । सो भिडियो अहिले हटाइएको छ । रिपोर्टका अनुसार, दर्शकहरुले टिभीमा मौसम समाचारमा वयश्क भिडियो चलेको छ भनेर फोनमार्फत जानकारी गराएका थिँए ।

यो मात्र हैन, धेरै दर्शकहरुले च्यानलविरुद्ध प्रहरीकहाँ उजरी पनि दायर गराएका छन् । त्यसपछि सो कुरा प्रहरीकहाँ पुगेको हो । अर्कोतर्फ, यो सम्पूर्ण घटनापछि, च्यानलले आफ्ना दर्शकहरुसँग माफी मागेको छ ।

च्यानलले आफ्नो एक बयानमा भविष्यमा फेरि कहिल्यै यस्तो नहोस्, भनेर आफूहरु त्यस दिशामा काम गरीरहेको उल्लेख छ । यो कसरी भयो भनेर पत्ता लगाउने कोसिस पनि भइरहेको जारी बयानमा बताइएको छ । अर्कोतिर प्रहरीले पनि उक्त विषयमा अनुसन्धान शुरु गर्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर