LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

टिभीमा लाइभ समाचार पढिरहेका बेला अचानक यस्तो भएपछी जे भयो त्यो देखेर सबै हैरान !

काठमाडौं । टिभीमा लाइभ (प्रत्यक्ष) रिपोर्टिङको क्रममा, धेरै पटक केहि आश्चर्यजनक कुराहरु हुन्छन्, जसलाई सहज रुपमा विश्वास गर्न सकिदैँन् । त्यसपछि ति कुराहरु विश्वभर भाइरल हुन थाल्छन् । यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ । त्यहाँ एक समाचारवाचिकाले टिभीमा मौसम समाचार पढ्दै गर्दा अचानक हलचल पैदा भयो ।

भएको के थियो भने जब उनी समाचार पढ्दै थिइन्, स्क्रिनमा एउटा वयश्क भिडियो चलिरहेको थियो । यो घटना अमेरिकाको एक स्थानीय टिभी च्यानलको हो । “डेली मेल” को एक रिपोर्ट अनुसार, यो टीभी च्यानलमा मौसम जानकारी दिने कार्यक्रममा, एक महिला समाचारवाचिका दर्शकहरुलाई मौसम बारे बताइरहेकी थिईन्, तब उनको पछाडि स्क्रिनमा मौसम अपडेट आइरहेको थियो ।

एंकर अर्थात समाचारवाचिका आफ्नो अगाडिको स्क्रिनमा हेरिरहेको थिइन् र दृश्यहरु पृष्ठभूमिमा खेल्दै थिए । त्यसैबीच, जब उनी मौसम जानकारी दिइरहेकी थिइन्, अचानक मौसम को दृश्य को सट्टा, उनको पछि वयश्क भिडियो चल्न थाल्यो ।

अचम्मको कुरा के भने समाचार पढ्दै गरेकी उनलाई उनको पछाडि के चलिरहेको छ भन्ने जानकारी हुन सकेन् । जब अन्य मानिसहरुले त्यसबारे जानकारी पाए तत्काल समाचार बन्द गरियो । तर त्यो समयसम्म धेरै ढिला भइसकेको थियो, किनकि मानिसहरु सो समाचार लाइभ अर्थात प्रत्यक्ष हेरिरहेका थिँए ।

जब एंकरलाई आफूले समाचार वाचन गर्दा वयश्क भिडियो चलेको कुरा थाहा भयो, उनी स्तब्ध भइन् । सो भिडियो अहिले हटाइएको छ । रिपोर्टका अनुसार, दर्शकहरुले टिभीमा मौसम समाचारमा वयश्क भिडियो चलेको छ भनेर फोनमार्फत जानकारी गराएका थिँए ।

यो मात्र हैन, धेरै दर्शकहरुले च्यानलविरुद्ध प्रहरीकहाँ उजरी पनि दायर गराएका छन् । त्यसपछि सो कुरा प्रहरीकहाँ पुगेको हो । अर्कोतर्फ, यो सम्पूर्ण घटनापछि, च्यानलले आफ्ना दर्शकहरुसँग माफी मागेको छ ।

च्यानलले आफ्नो एक बयानमा भविष्यमा फेरि कहिल्यै यस्तो नहोस्, भनेर आफूहरु त्यस दिशामा काम गरीरहेको उल्लेख छ । यो कसरी भयो भनेर पत्ता लगाउने कोसिस पनि भइरहेको जारी बयानमा बताइएको छ । अर्कोतिर प्रहरीले पनि उक्त विषयमा अनुसन्धान शुरु गर्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर