LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

पाँचथर । यहाँका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पुर्‍याइएको छ ।

वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलालाई हेलिकोप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको हो ।

तुम्बेवा गाउँपालिका–४ ओलनेकी संगीता बराइली र मिक्लाजुङ गाउँपालिका–४ रबीकी सगुन राईलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी धरान पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्थाका उनीहरु सुत्केरी ब्यथाले च्यापेर स्थानीय स्वास्थ्य संस्था पुगेका थिए । तर स्वास्थ्यकर्मीले प्रसूति गराउन नसकेपछि सुविधासम्पन्न अस्पतालमा लैजान सुझाएका थिए । तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको आग्रहपछि जिल्ला प्रशासन कार्यालयको पहलमा आज दिउँसो हेलिकोप्टरले उनीहरुको उद्धार गरेको हो ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेची राजमार्ग सुचारु भए पनि ग्रामीण क्षेत्रहरु जोड्ने सडकमा सवारी साधन सञ्चालन हुन नसक्दा गर्भवती महिला तथा अस्पताल पुग्नेपर्ने गम्भीर विरामीहरु मारमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर