LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ । स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ ।

निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर