LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महिलाले पिसाव फेरेको भिडियो पोर्न साइटमा ! पीडितको मुद्दा खारेज

वार्सिलोना । स्पेनमा महिला अधिकारवादी समूहका तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ ।

महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्बिर र भिडियोे दुरूपयोग भएपछि अधिकारकर्मीले दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएका हुन् ।

शौचालय अभावमा ८० महिला र किशोरीले सार्वजनिक स्थलमा पिसाव गरेको दृश्यलाई गोप्य भिडियो खिचिएको थियो ।
स्पेनको पश्चिमी सहर सेर्भोको स्थानीय मेला ए मारूसियानमा लुकाइएका क्यामेराबाटे भिडियो खिचिएको थियो ।
क्लोज अप गरिएको भिडियोमा महिलाको गुप्तांग र अनुहार देखिन्छ ।

भिडियोलाई एउटा व्यवसायिक पोर्न वेबसाइटमा राखिएको थियो ।

आफ्नो भिडियो देखेपछि अधिकांश महिलाले दोषीलाई कारबाहीको माग गर्दै सन् २०२० मा त्यहाँको एउटा अदालतमा मुद्दा दायर गरेका थिए ।

आफ्नो गोपनियताको अधिकार उल्लंघन भएको र त्यसबारे छानबिन गर्न उनीहरूले माग गरेका थिए ।

तर, वुमन फर इक्विालिटी व्युरोले गरेको मुद्दा न्यायाधीश पाब्लो मुनोज भाजक्युजले खारेज गरिदिएका हुन् । आफ्नो प्रारम्भिक फैसलामा न्यायाधीशले सार्वजनिक स्थलमा भिडियो रेकर्ड भएकोले त्यसलाई अपराध मान्न नसकिने बताएका छन् ।

भिडियोमा महिलाको शारीरिक तथा नैतिक मर्दन गर्ने कुनै आशय नदेखिएको फैसलामा उल्लेख छ । अदालतको फैसला डरलाग्दो भएको पीडितमध्येकी एक महिला जेनिफरले बताइन् ।

भिडियोलाई पोर्न साइटमा अपलोड गरिएको साथीले सुनाएपछि आफू बिक्षिप्त भएको उनले बताइन् । भिडियो देख्दा आफू लज्जित र आत्मग्लानी भएको अन्य पीडितको गुनासो छ ।

भिडियो सार्वजनिक भएपछि जेनिफरजस्तै अन्य पीडितले मनोवैज्ञानिक परामर्श लिएका थिए । अदालतको फैसलाले उनीहरूलाई झन पीडा थपिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर