टुडेवाणी डेस्क, काठमाडौं । कार्तिक ६ गते ।
काठमाडौं । ‘हिमानी ट्रस्ट’ ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवार र सेलिब्रेटीहरुको जमघट भएको छ।
सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा शुक्रबार फरक माहौँलमा फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिती थियो ।
निरन्तर सामाजिक काम गर्दै आएको पूर्वयुवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टले दसैं, तिहार र छठको उपलक्ष्यमा कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि बोलाएको थियो। कार्यक्रमा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पुर्व युवराज पारस शाहलगायतको उपस्थिती रहेको थियोे।