LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

टुडेवाणी, कार्तिक ६ गते ।

काठमाडौँ :  अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भए’को हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर