LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

कार्तिक महिनामा ४ ठुला ग्रहहरूको राशि परिवर्तन, कुन क्षेत्रमा कस्तो प्रभाव हेर्नुस् !

टुडेवाणी, कार्तिक ६ गते ।

काठमाडौँ :  सम्पूर्ण सृष्टि चक्र को सञ्चालन नै नवग्रहका युक्ति, दृष्टि र गतिमा निर्भर रहन्छ । ग्रहहरूको परिवर्तनका कारण सामाजिक,आर्थिक पारिवारिक तथा राजनीतिक लगायतका क्षेत्रहरूमा परेको प्रभाकै कारण समय समयमा ठूलाठूला परिवर्तन भइरहेका छन् ।

कार्तिक महिनामा नौ ग्रहहरूमध्ये चार ग्रहहरूले विभिन्न सायमा राशि परिवर्तन गर्न लागेका छन् । भाद्र २२ गते मङ्गलवार ‍औंसी तिथिका दिन देखि कन्या राशिमा रहेका मगलग्रहले ४५ दिन पछि कार्तिक ६ गते शनिवार अपराह्न देखि तुला राशिमा भ्रमण गर्ने छन् ।

 

१४ गते शुक्रग्रह वृश्चिक राशिको यात्रा पुरा गरी देव गुरु बृहस्पतिको राशि धनुमा गोचर गर्ने छन् ।१५ गते बुध ग्रहले आफ्नो राशि कन्याबाट तुला राशिमा गोचर गर्नेछन् भने २३ गते देव गुरु बृहस्पति ग्रहले नीच राशि मकरबाट कुम्भ राशिमा गोचर गर्नेछन् । यसरी एउटै महिनामा चार ग्रहहरूको राशि परिवर्तन हुनु महत्त्वपूर्ण खगोलीय घटनाका रूपमा लिने गरिएको छ ।

लामो समयदेखि आर्थिक रूपमा थलिएको सेयर मार्केटले आईतवारदेखि बिस्तारै लयमा फर्किने छ । १४ गते शुक्र ग्रह र १५ गते बुधग्रहकाे राशि परिवर्तन पछि पूर्णपुरमा बलियो अवस्थामा सेयर मार्केटको चहलपहल बढ्ने छ । २३ गते बृहस्पति कुम्भ राशिमा परिवर्तन नहुन्जेल पूर्णपुरमा मौसममा सुधार भने हुनेछैन ।

सम्पूर्ण नेपालीले पूर्णपुरमा कोरोनाको उपचार प्राप्त गर्ने योग निर्माण भएको छ । राजनीति दलहरुपनि एक ढिक्का भएर अगाडि बढ्ने योग भएकाले वर्तमान सरकारलाई केही समस्या पर् नसक्ने योग निर्माण भएको छ ।

आर्थिक रूपमा बस्तुहरूको मुल्य बृद्धि हुनेछ । तेल तथा खाद्यान्नमा पनि चर्काे मुल्यवृद्धिकाे योग परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर