LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

धनुषामा महिलाको घाँटी रेटेर हत्या प्रयास गर्ने ३५ वर्षीय महतो पक्राउ

टुडेवाणी, कार्तिक ६ गते ।

जनकपुरधाम : धनुषामा घाँस काट्न गएकी महिलालाइ  चाँदीको गहना लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने  रामभजन महतो महोत्तरीबाट पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने ३५ वर्षीय  हत्याको [[प्रयास गर्ने  महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तीनकौरिया प्रहरीचोकीले जनाएको छ ।

उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमति जमुन देवी मण्डलको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । स्थानीयले देखेपछि भुट्टाचोर भागेका थिए ।

फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई सारदा शंकर साहको कमाण्डमा खटि गएको प्रहरी पक्राउ गर्न सफल भएको हो ।

घाँटी रेटिएकी जमुनदेवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात घर फर्किएकी छन् ।

स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए । उनी गाउँमा भुट्टाचोरले प्रख्यात छ ।

उक्त समयमा  जमुन देवी घास लिन गएको बेला उनले  खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए । हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर समेत  भागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर