टुडेवाणी, कार्तिक ६ गते ।
जनकपुरधाम : धनुषामा घाँस काट्न गएकी महिलालाइ चाँदीको गहना लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने रामभजन महतो महोत्तरीबाट पक्राउ परेका छन् ।
धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने ३५ वर्षीय हत्याको [[प्रयास गर्ने महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तीनकौरिया प्रहरीचोकीले जनाएको छ ।
उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमति जमुन देवी मण्डलको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । स्थानीयले देखेपछि भुट्टाचोर भागेका थिए ।
फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई सारदा शंकर साहको कमाण्डमा खटि गएको प्रहरी पक्राउ गर्न सफल भएको हो ।
घाँटी रेटिएकी जमुनदेवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात घर फर्किएकी छन् ।
स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए । उनी गाउँमा भुट्टाचोरले प्रख्यात छ ।
उक्त समयमा जमुन देवी घास लिन गएको बेला उनले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए । हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर समेत भागेका थिए ।