LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

आठ भाइका एक्ली बहिनी सँगीता, ‘बाँच्नका लागि संगिताले समाएको औंला अझै दुख्दै छ’

गुल्मी । ‘बुटवलबाट तम्घास आइपुगियो, भनेपछि छोरीले ड्राइभरलाई तम्घासको मेरो कोठा नजिकै गाडी रोकी दिनुस् है । आमाको औ’षधी छ, लगेर घरमा जानु पर्छ भनेर भनिन् ।कोखैमा बसेकी जुनाले तम्घासको पसलेलाई फोन गरेर पसलको सामान निकाल्न लगाउँदै थिइन् । रातको समय अफ्ठ्यारोबाट बाँचेर आइयो भनेर सुखको सास फेर्दै थियौं । तर तम्घासको मुखैमा पाँचराते भन्ने ठाउँमा आइपुग्दा एक्कासी भिरमा जिप पल्टियो ।

दुई चार भल्र्याङ्ग खाने बेलासम्म छोरीले मेरा हात समाउँदै कति बेला म माथी उनी र कति बेला उनी माथी म च्याँ’पिदै थियौं ।छोरीले मेरो हात समातेको समातै थिइन् । तल अन्तिम भर्लाङ्ग खाने बेलासम्म छोरीले यी मेरा औलाहरु अठ्याई राखेकी थिइन् ।

मैले कान्छि भनेर बोलाए पछि हुँ… भन्ने जवाफ दिइन । केहि बेरपछि मान्छेहरु आएर उठाए । माथी बाटोमा लगेर पनि मैले छोरीको गाल सुम्सुमाउँदै बोलाएँ । हुम्… भन्ने आवाज निकाल्दै थिइन् , त्यसपछि मैले केहि थाह पाइन ।’असोज २८ गते नवरात्रीको

राती करिव साढे १० बजेको समयमा गुल्मीको सदरमुकाम तम्घास नजिकै पाँचराते भन्ने स्थानमा जिप दु’र्घटनामा परी १९ वर्षीया छोरी संगिता सुनारलाई गुमाएकी आमा सुमित्रा सुनारको विलौना थियो त्यो । उनीहरुको घर जिल्ला कै मुसिकोट नगरपालिका–३ चुँदरीगाउँ हो ।‘तम्घास तिरबाट एउटा बस आयो, हाम्रो गाडी बिस्तारै आउँदै थियो ।

हामीले साइड दिएपछि बस अगाडी बढ्यो । त्यसपछि हामी विस्तारै अगाडी बढिरहेको बेला एक्कासी तल खस्यौं ।मैले गाडीको सिट तलको फलाम समातिरहें । दुई भल्र्याङ्ग खाने बेलासम्म म तल खसे त्यस पछि शकुशल बाहिर निस्के मलाई केहि भएन ।’ घटनाको बेलिबिस्तार सुनाउँदै उनले भनिन् ।

दशैंमा यसरी निम्तियो दशा-दशै भित्रिए लगत्तै घर–घरमा लिपपोत र सरसफाई सुरु भएको थियो । खानपिनको दृष्टिले फुलपातीको दिनदेखि नै त्यस चुँदरीगाउँमा खास दशैं भित्रिएको थियो । किन कि फुलपातीको दिननै त्यस गाउँमा मासु का’टिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर