LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

जस्ले कुखुराको मासु बेचेर जोडे करोडौको सम्पत्ति

टुडेवाणी,कार्तिक ६ गते ।

जनकपुरधाम : तुलसीपुरमा एक युवाले दैनिक एक सय ८० केजी कुखुराको मासु बेच्ने गरेको बताएका छन् ।तुलसीपुरको मिडिया चोक नजिकै बिबीसी मिट पसलका सञ्चालक ३१ बर्षीय भूपेन्द्रबहादुर रोकाया क्षत्री (बिबीसी) नेपाली सेनाको जागिर छोडेर तुलसीपुरमा ७ बर्ष पहिले मिट सप खोलेका थिए ।

स्थायी घर रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १० गलमपार्टी भएपनि भूपेन्द्र बजारको सम्भावनालाई अध्यन गरेर तुलसीपुरमा ब्रोइरल कुखुराको मासु काटेर बेच्न सुरु गरेका थिए ।जागिर छोड्दा उपदान मार्फत प्राप्त एक लाख ८० हजार नगद मध्य ३० हजारमा उनले बिबीसी मिट सप सञ्चालन गरेका थिए ।

बिबीसी उनको छोटकरी नाम हो । आज उनले ब्रोईरल कुखुराका साथै माछा, हाँस र लोकल कुखुराको पनि मासु बेच्ने गर्छन ।भूपेन्द्रले सोही पसल बाट दैनिक एक क्वीन्टल जति मासु बेच्ने गरेको बताए । यो बाहेक तुलसीपुुरेकै बाहिनी चोक र तुलसीपुरको बरुवा गाउँमा पनि उनका थप दूई वटा मिट सपहरु खोलेका छन् ।

ती ठाउँका पसलहरु सहयोगी र घर परिवारको सहयोगमा सञ्चालन गर्दै आएको भूपेन्द्रले बताए ।भूपेन्द्रले आज खर्च कटाएर दैनिक ७÷८ हजार बचत गर्ने गरेको बताए ।चार बर्ष अगाडि सोही मेहनतबाट भूपेन्द्रले तुलसीपुर १२ पुकार पसल नजिक साढे २० लाख बढीमा एक कठ्ठा बढी क्षेत्रफलको घडेरी जोडेका छन् ।

त्यस्तै तुलसीपुर ६ बरुवा गाउँमा गत बर्ष मात्रै ५५ लाखको १२ धुर अर्कौ घडेरी जोडेको भूपेन्द्रले जानकारी दिए ।भूपेन्द्रका अनुसार कुनैपनि काममा इमान्दारिता र निरन्तरता राख्न सके सफलता हासिल गर्न सकिने विश्वास ब्यक्त गर्छन ।भूपेन्द्रका अनुसार मेहनत गर्नेहरुका लागि नेपालमै आम्दानीका प्रसस्त स्रोतहरु रहेको बताउँछन् ।

युवा पुस्तामा स्वदेशमा आँफूले केही नगर्ने, लाज मान्ने प्रबृति गलत भएको भूपेन्द्र बताउँछन् । लाखौं खर्च गरेर बिदेश जानु भन्दा स्वदेशमै सृजनसिल काम गर्न उनले युवालाई आग्रह गर्छन ।

प्रतिक्रिया
सम्बन्धित खवर