LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जस्ले कुखुराको मासु बेचेर जोडे करोडौको सम्पत्ति

टुडेवाणी,कार्तिक ६ गते ।

जनकपुरधाम : तुलसीपुरमा एक युवाले दैनिक एक सय ८० केजी कुखुराको मासु बेच्ने गरेको बताएका छन् ।तुलसीपुरको मिडिया चोक नजिकै बिबीसी मिट पसलका सञ्चालक ३१ बर्षीय भूपेन्द्रबहादुर रोकाया क्षत्री (बिबीसी) नेपाली सेनाको जागिर छोडेर तुलसीपुरमा ७ बर्ष पहिले मिट सप खोलेका थिए ।

स्थायी घर रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १० गलमपार्टी भएपनि भूपेन्द्र बजारको सम्भावनालाई अध्यन गरेर तुलसीपुरमा ब्रोइरल कुखुराको मासु काटेर बेच्न सुरु गरेका थिए ।जागिर छोड्दा उपदान मार्फत प्राप्त एक लाख ८० हजार नगद मध्य ३० हजारमा उनले बिबीसी मिट सप सञ्चालन गरेका थिए ।

बिबीसी उनको छोटकरी नाम हो । आज उनले ब्रोईरल कुखुराका साथै माछा, हाँस र लोकल कुखुराको पनि मासु बेच्ने गर्छन ।भूपेन्द्रले सोही पसल बाट दैनिक एक क्वीन्टल जति मासु बेच्ने गरेको बताए । यो बाहेक तुलसीपुुरेकै बाहिनी चोक र तुलसीपुरको बरुवा गाउँमा पनि उनका थप दूई वटा मिट सपहरु खोलेका छन् ।

ती ठाउँका पसलहरु सहयोगी र घर परिवारको सहयोगमा सञ्चालन गर्दै आएको भूपेन्द्रले बताए ।भूपेन्द्रले आज खर्च कटाएर दैनिक ७÷८ हजार बचत गर्ने गरेको बताए ।चार बर्ष अगाडि सोही मेहनतबाट भूपेन्द्रले तुलसीपुर १२ पुकार पसल नजिक साढे २० लाख बढीमा एक कठ्ठा बढी क्षेत्रफलको घडेरी जोडेका छन् ।

त्यस्तै तुलसीपुर ६ बरुवा गाउँमा गत बर्ष मात्रै ५५ लाखको १२ धुर अर्कौ घडेरी जोडेको भूपेन्द्रले जानकारी दिए ।भूपेन्द्रका अनुसार कुनैपनि काममा इमान्दारिता र निरन्तरता राख्न सके सफलता हासिल गर्न सकिने विश्वास ब्यक्त गर्छन ।भूपेन्द्रका अनुसार मेहनत गर्नेहरुका लागि नेपालमै आम्दानीका प्रसस्त स्रोतहरु रहेको बताउँछन् ।

युवा पुस्तामा स्वदेशमा आँफूले केही नगर्ने, लाज मान्ने प्रबृति गलत भएको भूपेन्द्र बताउँछन् । लाखौं खर्च गरेर बिदेश जानु भन्दा स्वदेशमै सृजनसिल काम गर्न उनले युवालाई आग्रह गर्छन ।

प्रतिक्रिया
सम्बन्धित खवर