LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

कर्मा भन्छन्- थियेटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो

काठमाडौं। कर्मा राम्रो अभिनेतामा पर्छन्। हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ। उनी थियटर हुँदै फिल्ममा आएका हुन्। फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो।

फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाई घटाएर हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए। किनकि उनी यसलाई स्कुल मान्छन्। ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए।

‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर