LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

मृत्यु हुनु केहीबेर अघि श्रीमतिलाई फोन गरेर यसो भनेका रहेछन्

बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गो’ ली हा ‘नी ह’ ‘त्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए।

आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति ह’ ‘त्या गरिएको हो। उनलाई कसले र किन ह’ ‘त्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन।

घटनाविवरणअनुसार, साँझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसँग कुरा गरिरहेकै थिए। उनी साँझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमती र परिवारले सोधी खोजी शुरु गरेको थियो।

उनीमाथि प्र’हा’र कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ।

५४ बर्षीय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका ( न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ।

प्रहरीले बृहत बिबरण भोलि मात्र दिन सक्ने कुरा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष पर्शुराम फुयाँलले बताए । के कारणले मा’रि’ए’को, कस्ले हा”न्यो भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन। मृतक महासेठका श्रीमती, दुइ छाेरा र एक छाेरी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर