LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो ।

यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।

डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् ।

उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।

लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् ।

पुलिसले यो घटनामा हत्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सुरक्षा नियममा लापरवाही गरेको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर