LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

निधारमा सिङ् र जिउमा साढे ४ सय प्वाल बनाएर यी व्यक्ति बने विश्व कीर्तिमान

एजेन्सी-

शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् ।

रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले ।

आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन । जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहने उनले बताएका छन् ।

बुखोल्च भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ । यसले मलाई बदलेको छैन । म त उही मान्छे नै हुँ ।’

बुखोल्चका शरीरमा ४५३ वटा प्वाल पारिएको छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरिएको छ ।

यसअघि सन् २०१० मै उनले जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए । सन् २०१४ मा दुबई विमानस्थलमा ओर्लिएर होटलतर्फ जाने क्रममा उनको अनौठो मुखाकृति तथा जीउकै कारण फर्काइएपछि उनी चर्चामा आएका थिए, पहिलो पटक ।

This image has an empty alt attribute; its file name is man-1.png

उनले निधारमा प्रत्यारोपण गरेर दुईवटा सिङजस्ता आकृति निकालेका छन् । आँखीभौँ तथा मुखको वरिपरि कैयौँ रिङ तथा सुइहरु खोपिएको डरलाग्दो स्वरुप छ उनको ।

हालै गिनिज बुकले उनको भिडियो शेयर गरेसँगै उनी पुनः चर्चामा आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर