LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ढल्केवरमा जलाइयो सिके राउतको पुतला

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम :  धनुषाको ढल्केवरमा जनमत पार्टीका अध्यक्ष सिके राउतको पुतला दहन गरिएको छ ।

खानेपानी तथा ढल निकास व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्घनग्न गरी दुव्र्यवहार गरेकोविरुद्ध ढल्केवरमा सिके राउतको पुतला जलाइएको हो ।

शुक्रबार साँझ स्थानीय इन्जिनीयर, कुशवाहा समाज र पिछडावर्ग महासभा युवासंघका कार्यकर्ताले संयुक्त रुपमा राउतको पुतला जलाएका हुन् ।

पुतला जलाउनुअघि उनीहरुले सिके राउतको पुतला बोकेर सिके राउत मुर्दावाद, जनमत पार्टी मुर्दावाद र इन्जिनीयर राजेशलाई न्याय दे जस्ता नारा लगाउँदै ढल्केवरचौकको परिक्रमा गरेका थिए ।

पूर्वचौकबाट निकालिएको ¥याली ढल्केवर चौकको परिक्रमा गर्दै सहिद स्मार्क पार्क अगाडि पुगेर उनीहरुले राउतको पुतला जलाएका थिए ।

पुतला जलाउने क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरीले जल्दै गरेको पुतला नियन्त्रणमा लिएर आगो निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर