LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

ढल्केवरमा जलाइयो सिके राउतको पुतला

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम :  धनुषाको ढल्केवरमा जनमत पार्टीका अध्यक्ष सिके राउतको पुतला दहन गरिएको छ ।

खानेपानी तथा ढल निकास व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्घनग्न गरी दुव्र्यवहार गरेकोविरुद्ध ढल्केवरमा सिके राउतको पुतला जलाइएको हो ।

शुक्रबार साँझ स्थानीय इन्जिनीयर, कुशवाहा समाज र पिछडावर्ग महासभा युवासंघका कार्यकर्ताले संयुक्त रुपमा राउतको पुतला जलाएका हुन् ।

पुतला जलाउनुअघि उनीहरुले सिके राउतको पुतला बोकेर सिके राउत मुर्दावाद, जनमत पार्टी मुर्दावाद र इन्जिनीयर राजेशलाई न्याय दे जस्ता नारा लगाउँदै ढल्केवरचौकको परिक्रमा गरेका थिए ।

पूर्वचौकबाट निकालिएको ¥याली ढल्केवर चौकको परिक्रमा गर्दै सहिद स्मार्क पार्क अगाडि पुगेर उनीहरुले राउतको पुतला जलाएका थिए ।

पुतला जलाउने क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरीले जल्दै गरेको पुतला नियन्त्रणमा लिएर आगो निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर