LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा आयोजित एक बिशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको हो ।

दीक्षान्त पश्चात बरिष्ठ स्काउटर प्रा. गोविन्दनारायण ज्यापूले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री गहतराजले नेपाल स्काउट युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताउनुभयो । नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो ।

दीक्षा समारोहमा बरिष्ठ स्काउटर प्राध्यापक गोविन्दनारायण ज्यापूलाई सम्मान समेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नुभई भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका बरिष्ठ स्काउटरहरु र स्थानीय तहका संयोजक लगायत स्काउटर तथा रोभर, रेन्जरहरुको उपस्थिति रहेको थियो ।

नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो । यो हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवं सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको छ । स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ । युवाहरूको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य स्काउटले लिएको छ ।

स्काउट विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालवालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागि परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर