LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

अनन्या पाण्डेको फोन प्रहरीले गर्यो जफत, बुबाको साथमा पुगिन् अदालत

टुडेवाणी, कार्तिक ५ गते ।

काठमाडौँ :  मुम्बई ड्रग्स केसमा जोडिएको एक ठुलो तथा नयाँ अपडेट बाहिर आएको छ । एनसीबीले यो मामलामा बलिउड अभिनेत्री अनन्या पाण्डे संग सोधपुछ गर्ने तयारी गरेको छ ।

एनसीबीले अनन्या पाण्डेको फोन समेत जफत गरेको छ । एनसीबीका अनुसार अनन्यालाई सोधपुछ गर्नुको मतलब उनी यो केसकी आरोपी हुन् भन्ने नभए पनि जाँचको एक हिस्सा रहेकी छिन् । अभिनेत्री पाण्डेलाई २ बजेका लागि सोधपुछका लागि बोलाए पनि उनी अहिले सम्म गएकी छैनन् ।

अनन्या एकदमै चर्चित कलाकार चंकी पाण्डेको छोरी रहेकी छिन् । आर्यन खान तथा अनन्या पाण्डेबीच च्याट भएको कुरा एनसीबीलाई मिलेको थियो । च्याटमा नशालाई लिएर कुराकानी भएको खुलेको छ । यो च्याट देखेपछि एनसीबी एक्शनमा उत्रिएको हो । उनीहरु बीचको च्याट सुनवाईको क्रममा अदालतमा समेत दिइएको थियो ।

त्यस्तै आर्यन खान संग बलिउडकी उदाउँदी एक अभिनेत्रीको समेत च्याटमा कुराकानी भएको पाइएको छ । चंकी पाण्डे तथा शाहरुख खानका परिवार बीच एकदमै राम्रो बोन्ड रहेको छ । उनीहरु सबै साथीहरु रहेका छन् । शाहरुख की छोरी सुहानाको एकदमै मिल्ने साथीमा पर्छिन् अनन्या । अनन्याको आर्यन संग पनि राम्रो सम्बन्ध रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर