LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

टुडेवाणी, कार्तिक ५ गते ।

काठमाडौँ : नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ ।

जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ । विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ ।

 

‘वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाब सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर